PahiloPost

Apr 28, 2025 | १५ बैशाख २०८२

राजस्व छलीको आरोपमा तीन वटा ट्रक नियन्त्रणमा



पहिलोपोस्ट

राजस्व छलीको आरोपमा तीन वटा ट्रक नियन्त्रणमा

वीरगंजः सशस्त्र प्रहरी पर्साले बिल बिजकभन्दा बढी सामान ल्याएको आरोपमा तीन वटा ट्रकलाई नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरीले वीरगंज महानगरपालिका २४ रामगढवामा चेकजाँचका क्रममा बिजकभन्दा बढी मालसामान पाएपछि नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाएको छ।

२३ लाख ४८ हजार ८५८ रुपैयाँ बराबरको कस्मेटिक, लेडिज जुत्ता, स्टेसनरीका सामान तथा इलेक्ट्रोनिक सामानसहित तीन वटा ट्रकलाई सोमबार राति नियन्त्रणमा लिइएको सशत्र प्रहरी बल १३ गण पर्साले जनाएको छ।

बरामद सामानको मूल्य मुल्य एक करोड १३ लाख ४८ हजार ८५८ रुपैयाँ मुल्याङ्कन गरी आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुझाइएको पर्साका सशत्र नायब उपरीक्षक एवं सूचना अधिकारी सन्तोषकुमार बस्नेतले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell