PahiloPost

Apr 28, 2025 | १५ बैशाख २०८२

गठबन्धन बाहिरका उम्मेदवारलाई पक्षपोषण हुनेगरी 'लाइक, कमेन्ट' नगर्न कांग्रेसको निर्देशन



पहिलोपोस्ट

गठबन्धन बाहिरका उम्मेदवारलाई पक्षपोषण हुनेगरी 'लाइक, कमेन्ट' नगर्न कांग्रेसको निर्देशन

काठमाडौंः नेपाली कांग्रेस कञ्चनपुरले सत्ता गठबन्धनका उम्मेदवारको पक्षमा माहोल सिर्जना गर्न विपक्षीको पक्षपोषण हुने खालका सामग्रीमा सामाजिक सञ्जालमा लाइक कमेन्ट नगर्न निर्देशन दिएको छ। कांग्रेस कञ्चनपुरका सचिव भीमराज भट्टले विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन दिएका हुन्।

'पार्टी र लोकतान्त्रिक वाम गठबन्धनका आधिकारिक उम्मेदवारहरु बाहेकका उम्मेदवारहरुको पक्षपोषण हुनेगरी कुनै किसिमका अभिव्यक्ति नदिन, सामाजिक सञ्जालमा पोष्ट, कमेन्ट र लाइक तथा कुनै पनि प्रचारप्रसार जस्ता कार्यहरु नगर्न र लोकतान्त्रिक वाम गठवन्धनका विपक्षमा कुनै किसिमका अभिव्यक्ति नदिन तथा सामाजिक सञ्जालमा कुनै पनि किसिमका टिका-टिप्पणी नगर्न निर्देशानुसार अनुरोध गरिन्छ,' विज्ञप्तिमा भनिएको छ। यसैगरी कांग्रेस कञ्चनपुरले आफ्नो वडा छाडेर नजान समेत नेता कार्यकर्तालाई निर्देशन दिएको छ।

'आ-आफ्नो टोल वडा छोडेर उम्मेदवारको पछिपछि लाग्ने परम्पराले स्थानीयबासीसँग छलफल विचार आदानप्रदान तथा सहजीकरण कार्यमा असहजता उत्पन्न हुन जाने भएकाले आ-आफ्नो वडामा केन्द्रित भै सक्रिय हुन समस्त नेता, कार्यकर्तालाई अनुरोध गरिन्छ,' विज्ञिप्तिमा भनिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell