PahiloPost

Apr 28, 2025 | १५ बैशाख २०८२

नवौं राष्ट्रिय खेलकुद: पुरुष सेवरमा राजेन्द्रलाई स्वर्ण



पहिलोपोस्ट

नवौं राष्ट्रिय खेलकुद: पुरुष सेवरमा राजेन्द्रलाई स्वर्ण
तस्बीर: राखेप

काठमाडौं: नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आज सम्पन्न फेन्सिङको सेवर विधामा एपीएफका राजेन्द्र गजुरेलले स्वर्ण जितेका छन्। उनले थोरै अंकको अन्तरमा सेनाका उपेन्द्र शाहीलाई १५–१२ अंकले पराजित गर्दै स्वर्णमा आफ्नो नाम लेखाएका हुन्। एपीएफका खेम खत्री र सेनाका रघु वीर चन्द संयुक्त तेश्रो हुँदै कास्य पदक प्राप्त गरे।

इपी विधामा ओमकार सिंहले बागमती प्रदेशका लागि दोश्रो स्वर्ण जोडे। ओमकारले सेनाका राम थापालाई झिनो अन्तरले पराजित गर्दै स्वर्ण कब्जा गरेका हुन्। ओमकारले रामलाई १५–१४ अंकले पराजित गर्दै स्वर्ण जितेका हुन्। तेश्रो स्थानमा सेनाका मिन कार्की र गण्डकीका विजय अधिकारी रहे।

फोएलको महिला तर्फको प्रतिस्पर्धामा सेनाकी रमा कुमारी सिंहले जित हात पार्दै सेनाको खातामा स्वर्ण जित्न सफल भइन्। उनले एपीएफकी मनिषा राईलाई १५–१४ अंकले पराजित गर्दै स्वर्णको हकदार बनिन्। एपीएफकी मन्दिरा थापा र अनिता अधिकारीले कास्यमा चित्त बुझाए।

नवौं राष्ट्रिय प्रतियोगितामा फेन्सिङ्गमा ६ स्वर्णका छिनोफानो भएको छ भने समग्रमा ७ स्वर्ण पदकको छिनोफानो भएको छ। पुरुष क्रिकेटमा नेपाल पुलिसले पहिलो स्वर्ण जितेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell