PahiloPost

May 22, 2024 | ९ जेठ २०८१

नवौं राष्ट्रिय खेलकुद: महिला क्रिकेटमा एपीएफ र सुदूरपश्चिमको पहिलो जित



पहिलोपोस्ट

नवौं राष्ट्रिय खेलकुद: महिला क्रिकेटमा एपीएफ र सुदूरपश्चिमको पहिलो जित
तस्बीर: राखेप

काठमाडौं: नवौं राष्ट्रिय खेलकुद अन्र्तगत महिला क्रिकेटमा सुदूरपश्चिम प्रदेश र एपीएफले पहिलो जित निकालेका छन्। पोखरामा भएको खेलमा एपिएफले वाग्मतीमाथि चार विकेटको जित निकाल्दा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई छ विकेटले पराजित गरेको हो।

पोखराको क्रिकेट रंगशालामा भएको दिनको पहिलो खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ८९ रन बनाएको थियो। वाग्मतीका लागि कप्तान अश्मिना कर्माचार्यले नटआउट १९ रनको योगदान गरिन्। त्यस्तै सुमन खतिवडाले १९ रन बनाउँदा बागमतीका अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन्। वाग्मतीलाई सस्तैमा समेट्न एपीएफकी रेखा रावल, नेरी थापा र इन्दु वर्माले समान एक एक विकेट लिँदा अन्य चार खेलाडी रन आउट भएका थिए।

९० रनको सामान्य लक्ष्य पछयाएको एपीएफले चार बल बाँकी छँदै लक्ष्य पुरा गरेको थियो। एपीएफलाई जित दिलाउन रोमा थापाले सर्वाधिक २२ रनको योगदान दिइन्। त्यस्तै एपीएफकी कप्तान सीता रानामगरले १६, ममता चौधरीले १७ , इन्दु बर्माले ५ रन बनाउँदा ओपनर ज्योति पाण्डे एक रनमै पविलियन फर्किएकी थिइन्। एपीएफकी नेरी थापा १६ तथा राजमती ऐरी चार रनमा अविजित रहे। वाग्मतीका लागि सोनी पाख्रिन र सुमन खतिवडाले दुई दुई विकेट लिँदा अस्मिनाले एक विकेट लिइन्। खेलको युमन अफ दि म्याच एपीएफकी नेरी थापा भएकी छिन्।

दिनको दोस्रो खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गरेको हो। टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गण्डकी प्रदेशले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै ५९ रन बनाएको थियो। गण्डकीका लागि कप्तान श्रृष्टि जैशीले सर्वधिक अविजित २८ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन्। गण्डकीलाई सस्तैमा समेट्न सुदूरपश्चिमकी ऋतु कनौजियाले दुई तथा अनु कडायत, स्नेहा महरा र साबित्री धामीले एक एक विकेट लिए। ६० रनको लक्ष्य पछ्याएको सुदुरपश्चिमले ५८ बल बाँकी छँदै चार विकेट गुमाउँदै लक्ष्य भेट्टाएको थियो। सुदूरका लागि ऋतु कनौजियाले सर्वाधिक २२ रन बनाउँदा स्नेहा महरा २१ रनमा अविजित रहिन्। गण्डकीकी शिला क्षेत्रीले दुई तथा श्रृष्टि जैशीले एक विकेट लिइन्। खेलको युमन अफ दि म्याच सुदूरपश्चिमकी ऋतु कनोजिया भएकी हुन्। सुदूरपश्चिम पहिलो खेलमा बागमती प्रदेशसँग आठ विकेटले पराजित भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell