PahiloPost

Apr 28, 2025 | १५ बैशाख २०८२

दश खेलाडीमा समेटिएको मिलानमाथि चेल्सीको जित



पहिलोपोस्ट

दश खेलाडीमा समेटिएको मिलानमाथि चेल्सीको जित
Photo: UEFA

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न समूह 'ई' को खेलमा इङ्ग्लिस क्लब चेल्सीले इटालियन क्लब एसी मिलानलाई हराएको छ। सन सिरो स्टेडियममा सम्पन्न खेलमा चेल्सीले घरेलु टोलीमाथि २-० गोलको जित निकालेको हो।

खेलको १८ औं मिनेटमै एसी मिलानका डिफेन्डर फिकायो टोमरीले म्यासन माउन्टमाथि फउल गर्दै रेडकार्ड ब्यहोरेपछि घरेलु टोली १० खेलाडीमा सीमित भएको थियो। लगत्तै पाएको पाएको पेनाल्टीको अवसर सदुपयोग गर्दै जोर्गिन्होले चेल्सीलाई अग्रता दिलाए। त्यस्तै ३४ औं मिनेटमा पिअरे एम्रिक औबुमेयाङले गोल गर्दा चेल्सी २-० ले अघि रह्यो।

त्यस्तै समूह 'ई' कै अर्को खेलमा क्रोएसियन क्लब डाइनामो जाग्रेब र अस्ट्रियन क्लब आरबी साल्जबर्ग १-१ गोलको बराबरीमा रोकिए। खेलको १२ औं मिनेटमा निकोलस सेइवाल्डले साल्जवर्गलाई अग्रता दिलाएका थिए। तर, जाग्रेबका रोबर्ट जुबिसिचले ४० औं मिनेटमा गोल फर्काउँदा खेल १-१ गोलको बराबरीमा रोकियो।

यो सँगै समूह 'ई' मा ४ खेलबाट ७ अंक जोडेको चेल्सी शीर्ष स्थानमा छ भने समान खेलबाट ६ अंक जोडेको साल्जबर्ग दोस्रो र समान ४ अंक जोडेका मिलान र जाग्रेब क्रमश तेस्रो र चौथो स्थानमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell