PahiloPost

Jun 20, 2025 | ६ असार २०८२

हल्याण्डबिनाको सिटी बराबरीमा रोकियो, सेभियाले डर्टमण्डसँग बराबरी खेल्दा सिटी नकआउट चरणमा



पहिलोपोस्ट

हल्याण्डबिनाको सिटी बराबरीमा रोकियो, सेभियाले डर्टमण्डसँग बराबरी खेल्दा सिटी नकआउट चरणमा
Photo: Man City

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न समूह 'जी' को खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर सिटी डेनिस क्लब कोपनहेगनसँग बराबरीमा रोकिएको छ। पार्केन स्टेडियममा सम्पन्न खेलमा सिटी घरेलु टोलीसँग गोलरहित बराबरीमा रोकिएको हो।

जारी सिजन लयमा रहेर एकपछि अर्को कीर्तिमान बनाइरहेका अर्लिङ हल्याण्ड बेन्चमै रहँदा सिटीले गोल गर्न सकेन। खेलको २५ औं मिनेटमा पाएको पेनाल्टीको अवसरमा सिटीका रियाद महरेज चुके भने ३० औं मिनेटमा सर्जियो गोमेज रेडकार्ड खाँदै बाहिरिँदा सिटी १० खेलाडीमा समेटियो। त्यस्तै दुबै तर्फबाट गोल हुन नसक्दा गोलरहित बराबरीमा रोकियो।

हल्याण्डबारे कुरा गर्दै सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले साउथह्याम्टनसँगको खेलपछि हल्याण्ड थकित भएको र रिकभर भइनसकेको बताए।

'साउथह्याम्पटन विरुद्धको खेलपछि उनी धेरै थकित भएका थिए र राम्रोसँग निको हुन सकेनन्,' हल्याण्डबारे उनले भने, 'हिजो अवस्था राम्रो थिएन, आज अलि राम्रो तर पूर्ण फिट छैन त्यसैले हामीले जोखिम नलिने निर्णय गर्यौं।'

त्यस्तै गएराति नै सम्पन्न समूह 'जी' कै अर्को खेलमा जर्मन क्लब डर्टमण्ड र स्पेनिस क्लब सेभियाले १-१ गोलको बराबरी खेले। यी दुई टोलीको बराबरीसँगै सिटीले दुई खेलबाकीँ छँदै नकआउट चरणमा स्थान पक्का गरेको छ।

समूह 'जी' मा ४ चरणको खेल सकिँदा सिटीले १० अंक जोडेर शीर्षस्थानमा छ भने दोस्रो स्थानमा ७ अंक जोडेको डर्टमण्ड छ। त्यस्तै सेभिया र कोपेनहेगन २ अंक जोडेर तेस्रो र चौथो स्थानमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell