.jpg)
काठमाडौं: राष्ट्रिय खेलकुद परिषद् र राष्ट्रिय वाणिज्य बैङ्कबीच ३० लाख बराबरको प्रायोजन सम्वन्धि सम्झौता भएको छ। नवौं राष्ट्रिय प्रतियोगितालाई मध्यनजार राख्दै वाणिज्य बैङ्कले प्रायोजन सम्झौता गरेको हो।
सम्झौता पत्रमा राष्ट्रिय वाणिज्य बैंकका महाप्रवन्धक किरण कुमार श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले हस्ताक्षर गरे। वाणिज्य बैंकले नवौं राष्ट्रिय प्रतियोगितामा प्रायोजन गरेवापत आफ्नो संस्थाको लोगो सहित विभिन्न विज्ञापन गर्न पाउनेछ। जसमा खेलस्थल वरपर होर्डिङ्गबोर्ड, स्टल, ब्यानर लगायत विज्ञापनका सामाग्रीहरु प्रयोग गर्न पाउने छ भने विभिन्न प्रतियोगितामा पुरस्कार वितरणमा अतिथीको रुपमा सम्मान प्रदान गरिने राखेपले जनाएको छ।