PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

मलेसियाको आगामी आम निर्वाचनमा भिड्ने ९७ वर्षीय नेता महाथिर मोहम्मदको घोषणा



पहिलोपोस्ट

मलेसियाको आगामी आम निर्वाचनमा भिड्ने ९७ वर्षीय नेता महाथिर मोहम्मदको घोषणा
Photo: Hasnoor Hussain/Reuters

मलेसियाका ९७ वर्षीय पूर्व प्रधानमन्त्री महाथिर मोहम्मदले आउँदो महिना हुने आम निर्वाचनमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन्। महाथिरले आफ्नो राजनीतिक गठबन्धनले जिते आफू तेस्रो पटक प्रधानमन्त्री बन्छन् या बन्दैनन् भन्नेबारे भने खुलाएका छैनन्।

महाथिरले मंगलवार पत्रकार सम्मेलनमा भनेका छन्, ‘हामीले प्रधानमन्त्री को हुने भन्ने निर्णय गरेका छैनौँ, किनभने हामीले जित्यौँ भने मात्र प्रधानमन्त्रीको उम्मेदवार सान्दर्भिक हुन्छ।’

सम्भावना कम भएपनि उनी पाँच वर्षको कार्यकाल भएको प्रधानमन्त्री पदका लागि सबैभन्दा वृद्ध उम्मेदवार हुनेछन्।

प्रधानमन्त्री इस्माइ साब्री याकोबले सोमवार संसद् विघटनको घोषणा गरेका थिए। ६२ वर्षिय याकोब २०१८ यताका तेस्रा प्रधानमन्त्री हुन्।

‘चोर बाटोबाट बनेको सरकार’को आरोप याकोब नेतृत्वको सरकारलाई लाग्दै आएको छ। सन् २०१८ मा भएको निर्वाचनमा उनको पार्टी युनाइटेड मलाया नेशनल अर्गनाइजेसन पराजित भएको थियो। तर, निर्वाचन पछिको अस्थिर राजनीतिका कारण उनी देशकै कार्यकारी बनेका थिए।

मतदानको मिति तोक्न अक्टोबर २० मा निर्वाचन आयोगको बैठक बस्नेछ। संसद् विघटन भएको ६० दिनभित्र निर्वाचन हुनुपर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell