PahiloPost

Apr 28, 2025 | १५ बैशाख २०८२

रसिया-युक्रेन युद्ध : कीभलाई ‘आवश्यक परेको समयसम्म’ समर्थन गर्ने जी-सेभेन राष्ट्रहरुको प्रतिबद्धता



पहिलोपोस्ट

रसिया-युक्रेन युद्ध : कीभलाई ‘आवश्यक परेको समयसम्म’ समर्थन गर्ने जी-सेभेन राष्ट्रहरुको प्रतिबद्धता
Photo: GETTY IMAGES

धनी राष्ट्रहरूको जी-सेभेन समूहका नेताहरूले युक्रेनलाई ‘आवश्यक परेको समयसम्म’ समर्थन गर्ने बताएका छन्। सोमवारको प्रमुख रसियाली क्षेप्यास्त्र हमलापछि जी-सेभेन समूहको यस्तो घोषणा आएको हो

आपतकालीन भर्चुअल वार्ताका लागि भेला भएको समूहले सैन्य र मानवीय सहायता जारी राख्ने बताएको छ। नेटोले पनि आवश्यक भएसम्म युक्रेनको साथमा रहने बताएको छ।

रसियाली क्षेप्यास्त्र आक्रमणबाट मध्य कीभलगायत युक्रेनका शहरहरूमा कम्तीमा १९ जनाको मृत्यु हुनुका साथै अन्य दर्जनौँ घाइते भएका छन्। हमला मंगलवारसम्म जारी रहेको थियो। नागरिकहरूलाई हवाई आक्रमणबाट बच्न आश्रयमा बस्न सल्लाह दिइएको थियो।

रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले क्रिमियासँग जोड्ने प्रमुख पुलमा भएको आक्रमणको बदलास्वरुप उक्त क्षेप्यास्त्र आक्रमण गरिएको बताएका छन्। जसको लागि उनले युक्रेनलाई दोष दिएका छन्।

पश्चिमी नेताहरूले रसियाले युद्ध बढाएको भन्दै तीव्र रुपमा निन्दा गरेका छन्। सोही अन्तर्गत जी-सेभेनले मंगलवार युक्रेनप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍यायो।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले जी-सेभेनसँग थप हवाई रक्षा क्षमताहरूको लागि आग्रह गरेका थिए। उनले युक्रेन-बेलारुस सीमामा अन्तर्राष्ट्रिय मिसनलाई सहयोग गर्न समेत जी-सेभेनलाई आग्रह गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell