PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

‘२ नम्बरी’ का निर्माताले मुनाफाबाट प्राविधिकहरुलाई बोनस दिने



पहिलोपोस्ट

‘२ नम्बरी’ का निर्माताले मुनाफाबाट प्राविधिकहरुलाई बोनस दिने

काठमाडौं : शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘२ नम्बरी’ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ। देशैभरका मल्टिप्लेक्समा उच्च शोका साथै फिल्म हेर्न दर्शकको संख्या पनि उत्साहजनक छ।

फिल्मले राम्रो कमाइ गरेसँगै फिल्म निर्माणमा पर्दा पछाडि रहेर दुःख गरेका प्राविधिकहरुलाई बोनस दिने निर्माता किरण नेपालीले जानकारी दिए।

‘फिल्म निर्माणको समयमा कम पारिश्रमिकमा पनि निक्कै दुःख गरेर काम गर्नुभएका प्राविधिकहरुलाई हामी बोनस दिन्छौं। फिल्म हिट बनाउनमा उहाँहरुको पनि ठूलो हात छ,’ उनले भने।

मुनाफा कति दिने भन्ने अहिले पक्का भएको छैन। फिल्मले गर्ने लाइफ टाइम कलेक्शनको आधारमा बोनस दिने निर्माण टिमको भनाई छ।

दिपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बुद्धि तामाङ, उगेन छोदेनको मुख्य भूमिका छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell