PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

छायांकन सुरु नहुँदै विवादमा 'भगवत् गीता', हिन्दु जागरण नेपालले दियो बोर्डमा उजुरी



पहिलोपोस्ट

छायांकन सुरु नहुँदै विवादमा 'भगवत् गीता', हिन्दु जागरण नेपालले दियो बोर्डमा उजुरी

काठमाडौं : झरना थापाको निर्देशनमा बन्ने फिल्म ‘भगवत् गीता’ निर्माण नहुँदै विवादमा परेको छ। फिल्मको नाम र कथालाई लिएर हिन्दु जागरण नेपालले सेन्सर बोर्ड र चलचित्र विकास बोर्डमा उजुरी हालेको हो।

हिन्दु जागरण नेपालले मंगलवार बोर्डमा उजुरी दिएको हो। फिल्मको कथावस्तुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै अन्तरजातीय प्रेमकथामा श्रीमद् भगवत् गीता जस्तो पवित्र नाममाथि फिल्म निर्माण हुनु अनुचित भएको उजुरी पत्रमा उल्लेख छ।

‘झरना थापाज्युले ‘भगवत् गीता’ नाम राखेर जसमा अन्तरजातीय प्रेमकथामा आधारित भन्ने कुरा समाचारहरुमा आएको छ। यस्ता दुष्कृत्यलाई दोहोर्‍याउन खोजेको स्पष्ट देखिन्छ। त्यसैले यदि श्रीमद् भागवद्को पवित्र नाम र ग्रन्थको महत्व दर्शाइने र आघात नपुग्ने गरी फिल्मका दृश्य छन् भने मात्र प्रसारण होस्,’ उजुरी पत्रमा लेखिएको छ।

साथै कुनै पनि धार्मिक फिल्महरू निर्माण गर्दा सम्बन्धित संस्थासँग समन्वय गरेरमात्रै अनुमति दिन  हिन्दु जागरण नेपालले माग गरेको छ।  

कृष्ण जन्माष्टमीको अवसर पारेर यस फिल्मको 'टाइटल' घोषणासँगै प्रदर्शन मिति घोषणा गरिएको थियो। सुहाना इन्टरटेनमेन्ट र सुनिल थापा प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्ममा झरनाकी छोरी सुहाना थापाको मुख्य भूमिका रहनेछ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell