PahiloPost

Apr 27, 2026 | १४ बैशाख २०८३

टिकट नदिएकबारे भोलि बोल्दै भीम रावल



पहिलोपोस्ट

टिकट नदिएकबारे भोलि बोल्दै भीम रावल

काठमाडौं : नेकपा एमालेका नेता भीम रावलले पार्टीले उम्मेदवार नबनाएकोबारे भोलि आफ्नो धारणा पेश गर्ने बताएका छन्। अछाम-१ बाट सर्वसम्मत सिफारिसमा परेका रावलको ठाउँमा एमाले अध्यक्ष केपी शर्मा ओलीले झपट बोहरालाई टिकट दिएका थिए।

रावलले आफूलाई उम्मेदवार नबनाएको बारेमा उचित समयमा बोल्ने बताउँदै आएका थिए। उनले क्षेत्र, जिल्ला र प्रदेशबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारको रूपमा सर्वसम्मत एकल सिफारिस पर्दा पनि केन्द्रबाट अन्यायपूर्ण किसिमले हटाइएको बताएका छन्।

बिहीवार कार्की ब्याङ्कवेटमा पत्रकार सम्मेलनमा सिफारिस नै नभएका व्यक्तिलाई उम्मेदवार बनाएकोबारेमा उठेको टिकाटिप्पणीबारे आफ्नो मत राख्ने रावलले बताएका छन्।

Image



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell