PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

शनिवार बुंगमतीमा 'बुंग महोत्सव', बर्ता गन्धर्वदेखि स्थानीय दाफा खल:को प्रस्तुती



पहिलोपोस्ट

शनिवार बुंगमतीमा 'बुंग महोत्सव', बर्ता गन्धर्वदेखि स्थानीय दाफा खल:को प्रस्तुती

काठमाडौं : शनिवार ललितपुरको बुंगमतीमा 'बुंग महोत्सव' आयोजना हुने भएको छ। सांगितिक र साहित्यिक माहोलबिच बुंगमतीको इतिहास र संस्कृति चिनाउन सो महोत्सव आयोजना गरिएको हो।

इकोज इन दी भ्यालीको आयोजनामा हुँदै गरेको यो महोत्सवमा बर्ता गन्धर्व, कल्पकुञ्ज, कन्त दबदब, कुटुम्ब, दी नाइट, पञ्चामृत र रैथानेले प्रस्तुती दिनेछन्। यस्तै, बुंगमतीकै स्थानीय सिन्ह स्वा: र खालतु दाफा नागंचा प्याखं समूहले पनि सांगीतिक प्रस्तुती दिनेछन्। वर्ड वारियरको तर्फबाट पनि बुंगमतीमा कविता वाचन हुनेछ। 

सांगीतिक प्रस्तुतीसँगै बिहान बुंगमतीमा सम्पदा यात्रा हुनेछ। शनिवार बिहान ९ बजेदेखि हुने कार्यक्रम राति ७ बजेसम्म संचालन हुनेछ। दिनभर बुंगमती म्यूजिम खुला हुनेछ भने ठाउँठाउँमा चित्रकला र काष्ठकला आयोजना हुनेछ।

इकोज एन दी भ्यालीका सह-संस्थापक भुसन सिल्पकारले यो महोत्सवमा ५ हजार व्यक्ति बुंगमती आउने अपेक्षा गरेको बताए। यसअघिका इकोज इन दी भ्याली संस्करणमा पाएको साथ यो पटक पनि पाउनेमा उनले आफू आशावादी रहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell