PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

'किताब' मागेका घनश्याम भुसाललाई आयोगले दियो ‘त्रिभुज’



पहिलोपोस्ट

'किताब' मागेका घनश्याम भुसाललाई आयोगले दियो ‘त्रिभुज’

बुटवल : नेकपा (एमाले) परित्याग गरी रुपन्देहीको क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसालले चुनाव चिह्न त्रिभुज पाएका छन्।

निर्वाचन अधिकृतको कार्यालयले बुधबार स्वतन्त्र उम्मेदवारहरुलाई चुनाव चिह्न दिएको छ। भुसालले चुनाव चिन्ह किताब लिन चाहेका थिए। एमाले स्थायी कमिटी सदस्यसमेत रहेका भुसाल रूपन्देही ३ बाट सिफारिस भएका थिए। तर, अन्तिममा पार्टीले कुनै पनि क्षेत्रबाट टिकट नदिएपछि उनले पार्टी त्यागेर स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन्।

भुसाल २०७४ मा रुपन्देही ३ मा एमालेबाट चुनाव लडेका थिए। रुपन्देहीको १ मा एमालेबाट छविलाल विश्वकर्माले उम्मेदवारी उम्मेदवारी दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell