PahiloPost

May 22, 2025 | ९ जेठ २०८२

बागी उम्मेदवारलाई कांग्रेसले गर्‍यो कारबाही, पाँच वर्षसम्म साधरण सदस्य पनि नरहने



पहिलोपोस्ट

बागी उम्मेदवारलाई कांग्रेसले गर्‍यो कारबाही, पाँच वर्षसम्म साधरण सदस्य पनि नरहने

काठमाडौंः नेपाली कांग्रेसले सत्तारुढ गठबन्धनबीच भएको सहमति विपरीत मनोनयन गरेको उम्मेदवार तथा प्रस्तावक समर्थकलाई कारबाही गरेको छ। आधिकारिक उम्मेदवारविरुद्ध बागी मनोनयन गरेकालाई कारबाही गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

पाँच वर्षका लागि कांग्रेसको सदस्य समेत नरहने गरी कारबाही गरिएको विज्ञप्तिमा उल्लेख छ।

‘सत्तारुढ गठबन्धन दलहरु र मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टीबीच भएको सहमति अनुरुप नेपाली कांग्रेस पार्टीका आधिकारिक उम्मेदवारलगायत सत्तारुढ गठबन्धन दल तथा मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टीका बीच भएको सहमतिका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिइ तोकिएको मिति र समय भित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका बागी उम्मेदवार र निजको प्रस्तावक र समर्थकलाई नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ (१) (घ) उल्लङ्घन गरेकोमा धारा ३४ (४) (क) अनुसार नेपाली कांग्रेसको सदस्य समेत नरहने गरी ५ वर्षका लागि निष्कासन गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गरिन्छ’, विज्ञप्तिमा भनिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell