PahiloPost

Apr 27, 2026 | १४ बैशाख २०८३

‘पञ्चेबाजा बजाएको’मा प्रचण्डलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण



प्रकाश भण्डारी

‘पञ्चेबाजा बजाएको’मा प्रचण्डलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौंः निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई चुनावको आचारसंहिता उल्लङ्घनमा स्पष्टीकरण सोधेको छ। आयोगले उम्मेदवारी मनोनयनका क्रममा पञ्चेबाजासहित र्‍याली निकालेको भन्दै स्पष्टीकरण सोधेको हो। 

अध्यक्ष प्रचण्डले गोरखा २ बाट प्रतिनिधि सभा सदस्यका लागि मनोनयन दर्ता गरेका छन्। 

सात दिनभित्र स्पष्टीकरणको जवाफ दिन समय दिइएको एक निर्वाचन आयुक्तले बताए। 

निर्वाचन आचारसंहिताको दफा १३ विपरीत किन कारबाही नगर्ने भन्दै आयोगले अध्यक्ष प्रचण्डलाई स्पष्टीकरण सोधेको हो। उक्त दफामा मनोनयनका क्रममा बाजागाजा प्रयोग र २५ जनाभन्दा बढीको जुलुस गर्न नपाइने उल्लेख छ। 

आयोगलाई प्राप्त श्रब्यदृश्यमा बाजागाजासहित स्वागत गरेको स्पष्टीकरणमा उल्लेख छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell