PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

प्रदेश र प्रतिनिधि सभाका करिब ४०० ले लिए उम्मेदवारी फिर्ता, अब पाँच हजार ६०० कायम



पहिलोपोस्ट

प्रदेश र प्रतिनिधि सभाका करिब ४०० ले लिए उम्मेदवारी फिर्ता, अब पाँच हजार ६०० कायम

काठमाडौंः आसन्न मंसिर ४ गते हुने प्रदेश र प्रतिनिध सभा सदस्य निर्वाचनमा मनोनयन दिएका करिब चार सय उम्मेदवारले आफ्‍नो मनोनयन फिर्ता लिएका छन्। निर्वाचन आयोगका अनुसार दुबैतर्फ गरेर ३७६ जनाले उम्मेदवारी फिर्ता लिएका हुन्।

आयोगका अनुसार प्रतिनिधि सभातर्फ ११९ र प्रदेश सभातर्फ २५७ जनाले उम्मेदवारी फिर्ता लिएका हुन्।

अब प्रतिनिधि सभातर्फ दुई हजार ४१२ जनाको उम्मेदवारी कायम भएको छ। जसमा पुरुष दुई हजार १८७ र महिला २२५ जना कायम छन्।

प्रदेश सभातर्फ तीन हजार २२४ जनाको उम्मेदवारी कायम भएको छ। जसमा पुरुष दुई हजार ९४३ र महिला २८० जनाको उम्मेदवारी कायम छ। अन्यतर्फ एक जनाको उम्मेदवारी कायम छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell