
नेटो नेतृत्वको युक्रेनका साझेदार राष्ट्रहरूले कीभलाई अत्याधुनिक हवाई रक्षा प्रणाली पठाउने घोषणा गरेका छन्। रसियाली क्षेप्यास्त्र आक्रमणपछि यस्तो घोषणा आएको हो।
बेलायत, क्यानडा, फ्रान्स र नेदरल्याण्ड्सले सहयोग गर्न प्रतिबद्धता जनाएका हतियारमा मिसाइल र रडारहरू पनि समावेश छन्। यसअघि अमेरिकाले पनि यस्तै वाचा गरेको थियो। जर्मनीको एक अत्याधुनिक प्रविधिसहितको प्रणाली पहिलेदेखि नै युक्रेनमा छ।
ब्रसेल्समा रहेको नेटोको मुख्यालयमा युक्रेनका भएको ५० देशका सहयोगीहरूको सम्मेलन यी वाचाहरू आएका हुन्। कीभले उक्त सम्मेलनलाई ‘ऐतिहासिक’ भनेको छ।
रसियाले सोमवार र मंगलवार १०० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको र दर्जनौँ ड्रोनहरूमार्फत ऊर्जा पूर्वाधार र अन्य गैर-सैन्य भवनहरूलाई प्रहार गरेको युक्रेनले बताएको छ।
आक्रमणको पहिलो दिन कम्तीमा १९ जनाको मृत्यु भएको थियो। आक्रमणका कारण धेरै युक्रेनी शहरहरूमा व्यापक बिजुली कटौती र पानी आपूर्ति अवरोध भएको थियो।
रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले क्रिमियासँग जोड्ने प्रमुख पुलमा भएको आक्रमणको बदलास्वरुप उक्त क्षेप्यास्त्र आक्रमण गरिएको बताएका छन्। जसको लागि उनले युक्रेनलाई दोष दिएका छन्।