PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

युक्रेनका चार क्षेत्रलाई गाभ्ने रसियाको कदमको निन्दा गर्ने पक्षमा १४३ देशले गरे मतदान, चीन र भारत अनुपस्थित



पहिलोपोस्ट

युक्रेनका चार क्षेत्रलाई गाभ्ने रसियाको कदमको निन्दा गर्ने पक्षमा १४३ देशले गरे मतदान, चीन र भारत अनुपस्थित
Photo: EPA/BBC

संयुक्त राष्ट्र संघको महासभाले युक्रेनका चार क्षेत्रलाई गाभ्ने रसियाको प्रयासको निन्दा गर्ने पक्षमा मतदान गरेको छ। प्रस्तावलाई नेपालसहित १४३ देशहरूले समर्थन गरेका थिए भने चीन र भारतसहित ३५ राज्यहरू अनुपस्थित रहे।

रसियासँगै बेलारुस, उत्तर कोरिया, सिरिया र निकारागुआ गरी चार देशले प्रस्तावको विपक्षमा मतदान गरेका थिए। प्रतीकात्मक भएपनि यो आक्रमणपछि रसियाको विरुद्धमा खसेको सबैभन्दा धेरै मत हो।

गत हप्ता क्रेमलिनमा एक भव्य समारोहका बिच रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनी क्षेत्रहरू लुहान्स्क, डोनेस्क, जापोरिज्जिया र खेरसनलाई रसियाको हिस्सा बनाउन कागजातहरूमा हस्ताक्षर गरेका थिए।

सम्झौताहरूमा चार क्षेत्रका ‘मस्को-स्थापित’ नेताहरूले हस्ताक्षर गरिएका थिए। ति क्षेत्रहरु गरिएको स्व-घोषित जनमत संग्रहपछि उक्त सम्झौताहरु भएका थिए।

महासभाको प्रस्तावमा अन्तर्राष्ट्रिय समुदायलाई रसियाको युक्रेनका क्षेत्रहरु विलय गर्ने कुनै पनि दाबीलाई मान्यता नदिन र यसलाई ‘तत्काल उल्टाउन’ माग गरिएको छ। यसले वार्ताको माध्यमबाट द्वन्द्वलाई कम गर्ने प्रयासको पक्षमा ‘आफ्नो बलियो समर्थन’ व्यक्त गरेको छ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले महासभाको प्रस्तावलाई समर्थन गर्ने देशहरूप्रति आभारी रहेको बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell