PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

आजै हुने पुरुष हक्कीको मैदानमा अझै घाँस काट्ने काम जारी, व्यवस्थापन ढिलो हुँदा अनिश्चित बन्यो खेल



रिना थापा

आजै हुने पुरुष हक्कीको मैदानमा अझै घाँस काट्ने काम जारी, व्यवस्थापन ढिलो हुँदा अनिश्चित बन्यो खेल

पोखरा : असोज २८ देखि औपचारिक रुपमा सुरु हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका केही खेल सुरु भइसकेका छन्। जस अन्तर्गत महिला र पुरुष हक्की आजबाट सुरु हुँदैछ।

हक्की खेल अन्तर्गत पुरुष हक्की गौरीशंकर खेल मैदान, हेम्जामा हुने तय भएको छ भने महिला हक्की गण्डकी बोर्डिङ लामाचौरमा। आज हुने खेलको लागि मैदान भने बुधवारबाट मात्रै तयार गर्न सुरु गरिएको थियो।

मैदानको तयारी तथा अन्य व्यवस्थापन समयै नभएपछि ७ बजे गर्ने भनिएको महिला हक्की साढे ९ बजेलाई सारिएको छ। बुधवार राति अबेरसम्म घाँस काटेर महिला हक्कीको लागि मैदान तयार भएपनि खेल सामाग्रीहरु अझै नपाएको हक्की संघका उपाध्यक्ष हिमाल खड्काले बताए।

‘९ बजेबाट खेल सुरु गर्ने भनिएको हो तर खेल सामाग्री अझै पाको छैन, जर्सी समेत खेलाडीहरुले पाएका छैन, किट पनि छैन। नेट भर्खर रंगशालाबाट ल्याइएको छ,’ खड्काले भने।

यता, पुरुष हक्कीको लागि भने खेल मैदान नै तयार भएको छैन। पुरुषको खेल हुने गौरीशंकर खेल मैदानमा अझै घाँस काट्ने काम जारी रहेको खड्काले जानकारी दिए।

११ बजे सुरु गर्ने भनिएको पुरुष हक्की मैदानको तयारी तथा अन्य व्यवस्थापन नहुँदा अनिश्चित बनेको उनले बताए।

‘खेल त हामीले जसरी पनि गराउनु पर्छ तर ११ बजे गर्ने भनिएको पुरुषको खेलको लागि अहिलेसम्म पनि केही तयारी छैन। त्यसैले खेल अनिश्चिन बनेको छ,’ उपाध्याय खड्काले भने।
 
पुरुष हक्कीको लागि तय भएको खेल मैदान अस्तव्यस्त हुँदा यता महिला हक्की हुने खेल मैदानपनि उपयुक्त नभएको उनको गुनासो छ। मैदान राम्रोसँग व्यवस्थापन नगर्दा संघ आफैँ नै मैदान तयार गर्न बुधवारदेखि जुटेको थियो।

पुरुष हक्कीको मैदानमा घाँस काट्न बुधवार जम्मा पाँच जना खटिएका थिए। मेसिन बिना मान्छे खटाएर सफा गर्न लगाइँदा मैदान समयमै तयार नभएको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell