PahiloPost

Jan 13, 2025 | २९ पुष २०८१

नवौँ राष्ट्रिय खेलकुद : ह्याण्डबलतर्फ समूह चरणका खेल जारी



रासस

नवौँ राष्ट्रिय खेलकुद : ह्याण्डबलतर्फ समूह चरणका खेल जारी
फोटो : राधिका कँडेल/रासस

पोखरा : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ह्याण्डबल (महिला/पुरुष)तर्फका समूह चरणका खेल जारी छन्। पोखरा रङ्गशालाको बहुउद्देश्यीय कभर्ड हलमा खेल भइरहेका छन्।

खेलमा घरेलु टोली गण्डकी प्रदेशले तेस्रो जित निकालेको छ। गण्डकीले वाग्मती प्रदेशलाई ३२-१४ अङ्कले जित्दै निकाल्दै महत्वपूर्ण तीन अङ्क बटुलेको छ। लगातार तीन खेल जितेको गण्डकीले योसँगै नौ अङ्क पाएको छ। अर्को खेलमा त्रिभुवन आर्मीले लगातार तेस्रो जित जितेको छ। आर्मीले प्रदेश १ लाई ५४-१० अङ्कको जित निकालेको हो। आर्मीले पनि नौ अङ्क जोडेको छ।

यस्तै, सशस्त्र प्रहरी बलको एपीएफले पनि लगातार तेस्रो खेल जित्दै नौ अङ्क बनाएको छ। एपीएपले प्रदेश १ लाई ३५-५ अङ्कले जितेको हो। ह्याण्डबलको पुरुषतर्फ नै लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ। लुम्बिनीले सुदूरपश्चिममाथि ३०-२५ अङ्कको जित निकालेको हो। जितसँगै लुम्बिनीले महत्वपूर्ण तीन अङ्क जोडेको छ।

अर्को खेलमा कर्णाली प्रदेशले सङ्घर्षपूर्ण जित निकालेको छ। निकै नै प्रतिस्पर्धात्मक खेलमा कर्णालीले वाग्मतीलाई १८-१७ अङ्कले पराजित गरेको हो।

प्रतियोगिताअन्तर्गत महिला ह्याण्डबल खेलमा वाग्मती प्रदेशले जित निकालेको छ। वाग्मतीले मधेश प्रदेशलाई ६-४ अङ्कले पराजित गर्दै महत्वपूर्ण तीन अङ्क बटुलेको हो। महिला ह्याण्डबल खेलमा विभागीय आर्मीले लगातार तेस्रो जित निकालेको छ। आर्मीले प्रदेश १ माथि ३४-९ अङ्कको फराकिलो जित निकालेको हो। आर्मीले नौ अङ्क जोडेको छ।

महिलातर्फ नै लुम्बिनी प्रदेशले सदूरपश्चिम प्रदेशलाई माथि १४-१० अङ्कले पराजित गरेको छ। दुई समूहमा विभाजन गरेर खेलाइएको छ। पुरुषतर्फ समूह ‘क’ मा गण्डकी, मधेश, वाग्मती, आर्मी र कर्णाली प्रदेश छन्। समूह ‘ख’ मा एपीएफ, लुम्बिनी, प्रदेश एक र सुदूरपश्चिम प्रदेश छन्। यस्तै, महिलातर्फ समूह ‘क’ मा एपीएफ, लुम्बिनी, सुदूरपश्चिम र गण्डकी प्रदेश छन्। समूह ‘ख’ मा आर्मी, प्रदेश एक, वाग्मती, मधेश र कर्णाली प्रदेश छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell