PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

इलन मस्कको आग्रह : ट्वीटर किन्न मेरो पर्फ्युम किनिदिनुस्



पहिलोपोस्ट

इलन मस्कको आग्रह : ट्वीटर किन्न मेरो पर्फ्युम किनिदिनुस्

विश्वका सबैभन्दा धनी इलन मस्क पर्फ्युम व्यवसायमा लागेका छन्। उनको पर्फ्युम लन्च भएको केही घण्टामै अर्डरको ओइरो लागेको छ। बुकिङबाटै मस्कले १० लाख अमेरिकी डलर कमाएका छन्।

‘बर्न्ट हेयर’ नामक पर्फ्युमको १० हजार बोटल बुकिङ भएसँगै मस्कले केही घण्टामै १० लाख डलर कमाएका हुन्। मस्कले ट्वीट गर्दै आफ्नो पर्फ्युम किनेर ट्वीटर किन्न सहयोग गर्न आग्रहसमेत गरेका छन्।

पर्फ्युमको मूल्य प्रति बोटल १०० डलर (हालको विनियम दर अनुसार १३ हजार १६७ नेपाली रुपैयाँ) तोकिएको छ। यो पर्फ्युम सन् २०२३ को पहिलो त्रैमासबाट मात्रै उपलब्ध हुने बुझिएको छ।

पछिल्लो समय मस्क टेस्ला, रकेट कम्पनी स्पेस एक्सदेखि साना व्यवसायीमा हात हाल्दै गएका छन्। गत साता ४४ अर्ब डलरमा भाँडिएको ट्‌वीटर खरिद प्रक्रिया पुन: सुरु गर्ने योजनामा मस्क छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell