PahiloPost

Jul 27, 2025 | १२ साउन २०८२

उत्तर कोरियाले प्रहार गर्‍यो दुईवटा लामो दुरीको 'क्रुज मिसाइल'



पहिलोपोस्ट

उत्तर कोरियाले प्रहार गर्‍यो दुईवटा लामो दुरीको 'क्रुज मिसाइल'
Photo : NK News

उत्तर कोरियाले दुईवटा लामो दुरीको रणनीतिक 'क्रुज मिसाइल' प्रहार गरेको छ। उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनको निरीक्षणमा नै दुईवटा मिसाइल प्रक्षेपण गरिएको हो।

बुधवार भएको प्रक्षेपणलाई उत्तर कोरियालाई आफ्नो सैन्य क्षमता बढाउने रणनीतिका रुपमा व्याख्या गरेको छ। पछिल्लो समय उत्तर कोरियाले मिसाइल प्रहार गर्ने क्रमलाई तिब्रता दिएको छ। जापान र दक्षिण कोरियाको भूमि हुँदै उत्तर कोरियाले मिसाइल प्रहार गरेको थियो। जापान, दक्षिण कोरिया र अमेरिकाबिच संयुक्त सैन्य अभ्यासको विरोधले रहेको उत्तर कोरियाले मिसाइल प्रहार गर्दै आएको हो।

उत्तर कोरियाले आउने पाँच वर्षमा आफ्नो पहिलो आणविक परीक्षण गर्नसक्ने बताइएको छ।

बुधवार प्रक्षेपण गरिएको क्रुज मिसाइलले २ हजार किलोमिटरको दुरी यात्रा गरेको थियो। अमेरिकाले यस विषयमा अहिले नै केही भनेको छैन। अमेरिका अहिले आफ्ना सहयोगी देशहरुसँग छलफलमा रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell