PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

दरबारमार्गको क्लब प्लाटिनमका दुई बाउन्सरलाई हतियार प्रहार गर्ने दुई जना समातिए



पहिलोपोस्ट

दरबारमार्गको क्लब प्लाटिनमका दुई बाउन्सरलाई हतियार प्रहार गर्ने दुई जना समातिए

काठमाडौं : काठमाडौं दरबारमार्गस्थित क्लब प्लाटिनमा बाउन्सरलाई धारिलो हतियार प्रहार गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बाउन्‍सर निकेत राई र तेन्जुङ् शेर्पालाई काठमाडौं महानगरपालिका-२६ गल्कोपाखास्थित हनुमान चोक नजिक धारिलो हतियार प्रहार गरी फरार रहेका २ जना मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा दोलखा शैलुङ गाउँपालिका-२ घर भई काठमाडौं बौद्ध बस्ने २९ वर्षीय बिनोद तामाङ र सोही ठाउँ बस्ने ३३ वर्षीय जीवन तामाङ रहेका छन्।

मोटरसाइकलमा आएका ७/८ जना अपरिचित व्यक्तिहरूको समूहले राई र शेर्पालाई खुकुरी प्रहार गरी घाइते बनाई फरार रहेको घटनाको थप अनुसन्धान गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त घटनामा संलग्नमध्ये बिनोद र जीवनलाई काठमाडौं बौद्धबाट पक्राउ गरेको हो।

उनीहरुलाई ज्यान मार्ने उद्योग सम्बन्धी कसूरमा आवश्यक कारवाहीका लागि प्रहरी वृत्त लैनचौर पठाइएको छ।  भदौ २२ गते क्लबमा झगडा हुँदा ६ जना घाइते भएका थिए।क्लब प्लाटिनममा राति पौन १२ बजेतिर 'ग्याङ फाइट' हुँदा ६ जना घाइते भएका हुन्। क्लबममा झगडा गरेको अभियोगमा प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell