PahiloPost

Jul 27, 2025 | १२ साउन २०८२

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मत सर्वेक्षण नगर्न आयोगको निर्देशन



पहिलोपोस्ट

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मत सर्वेक्षण नगर्न आयोगको निर्देशन

काठमाडौं : निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मत सर्वेक्षण नगर्न निर्देशन दिएको छ। आचारसंहिता विपरीत कतिपय व्यक्तिले सामाजिक सञ्जालको प्रयोग गरेर राजनीतिक दल र उम्मेदवारका सम्बन्धमा मत सर्वेक्षण र सोको नतिजा सार्वजनिक गरेको पाइएको भन्दै आयोगले कोही कसैले यस्तो कार्य गरेमा कानुन बमोजिम कारबाही हुने जनाएको छ।

आयोगका उपसचिव एवं सहायक प्रवक्ता कमल भट्टराईले आज प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ (त) मा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मतपरिणामका सम्बन्धमा कुनै मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नपाइने स्पष्ट उल्लेख गरिएको जनाएको छ।

साथै आचारसंहिताको दफा ४ को (थ) मा निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्ने गरी विचार राख्न, प्रचारप्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरूले प्रकाशन गरेका सामग्री शेयर गर्नसमेत नहुने व्यवस्था रहेको छ।

Image



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell