PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

सत्यमोहन जोशीलाई आसियुमा लगियो, अक्सिजन स्याचुरेसन लेभल कम



पहिलोपोस्ट

सत्यमोहन जोशीलाई आसियुमा लगियो, अक्सिजन स्याचुरेसन लेभल कम

काठमाडौं : वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको सघन उपचार कक्ष (आइसियु)मा राखेर उपचार भइरहेको छ। विगत २० दिनदेखि जोशीको ललितपुरस्थिच किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

जोशीबाट स्वास्थ्य बुलेटिन जारी गर्दै अस्पतालले जोशीको 'अक्सिजन स्याचुरेसन लेभल' कम भएकोले आइसियुमा सारिएको जनाएको छ। निमोनियाको संक्रमणका कारण जोशीको मुटुको चालमा समस्या देखिएको छ। मुटुको चाललाई सामान्य बनाउन उनलाई एन्टिबायोटिक्स दिइरहनुपर्ने अस्पतालले जनाएको छ।

हाल जोशीको 'मल्टी डिस्प्लिनरी केयर' को निगरानीमा उपचार भइरहेको छ। हिजो जोशीको स्वास्थ्यमा सामान्य सुधार भएको अस्पतालले जनाएको थियो।

No description available.



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell