PahiloPost

Apr 28, 2025 | १५ बैशाख २०८२

चुनाव जित्ने देखेपछि ओलीले टिकट नदिएको भीम रावलको आरोप, सोधे : नयाँलाई अवसर दिने भए तपाईंको हकमा लागू भएको खै?



पहिलोपोस्ट

चुनाव जित्ने देखेपछि ओलीले टिकट नदिएको भीम रावलको आरोप, सोधे : नयाँलाई अवसर दिने भए तपाईंको हकमा लागू भएको खै?

काठमाडौं : नेकपा एमालेका नेता डा. भीम रावलले आफू चुनावमा जित्ने भएपछि उम्मेदवार नबनाइएको बताएका छन्। काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा रावलले अध्यक्ष केपी शर्मा ओलीलाई आफू अछाम-१ बाट जित्ने निश्चित भएपछि उम्मेदवार नबनाएको आरोप लगाएका छन्।

'मलाई कसरी रोक्न सकिन्छ भनि षड्यन्त्र भएको कुरा नेताहरुबाट आए। ओलीले हराउन नसकिने भएपछि रोकियो,' रावलले भने।

उनले आफ्नो क्षेत्रमा झपट बोहोरालाई उम्मेदवार बनाएको भन्दै आपत्ति जनाएका छन्। उनले सिफारिस नभएको व्यक्ति नै उम्मेदवार बनाएको आरोप लगाएका छन्। 'सिफारिस नभएका व्यक्तिकै नाम अघि सारियो,' उनले भने।

उनले नयाँलाई अवसर दिने भनेर ओलीले दिएको जवाफबारे प्रश्न गरे।

'नयाँलाई अवसर दिने हो भने अध्यक्षको हकमा लागू भएको खै त?' उनले भने।

जनता समाजवादी पार्टी नेपाल जसपासँगको चुनावी तालमेललाई पनि रावलले आलोचना गरेका छन्। उनले पार्टी अध्यक्ष ओलीले आधाआधा सरकार चलाउँनु गरी गरेको गोप्य सम्झौता पार्टीको नीति बिपरित भएको बताए। 'पार्टी एकताका लागि पार्टीमा भएको कमिटीको बैठक नबोलाउने। संवेनशील कुरामा छलफल नगरि अन्तर्विरोध सिर्जना गराइएको हो,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell