PahiloPost

Apr 28, 2025 | १५ बैशाख २०८२

डाँडागाउँदेखि हाँडीगाउँसम्म धार्मिक हब बनाउने प्रदीप पौडेलको उद्घोष



पहिलोपोस्ट

डाँडागाउँदेखि हाँडीगाउँसम्म धार्मिक हब बनाउने प्रदीप पौडेलको उद्घोष

काठमाडौं : काठमाडौं क्षेत्र ५ बाट नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले यस क्षेत्रलाई धार्मिक हब बनाउने उद्घोष गरेका छन्। नेपाली  कांग्रेस काठमाडौं ५ ले आज आयोजना गरेको क्षेत्रीय प्रतिनिधि भेलामा पौडेलले यस क्षेत्रलाई सूचना प्रविधि र प्रशासनिक केन्द्र बनाउनेसमेत बताए।

‘डाँडागाउँदेखि हाँडीगाउँसम्मको क्षेत्रलाई धार्मिक केन्द्रको रुपमा, सूचना प्रविधि केन्द्रका रुपमा, प्रशासनिक केन्द्रका रुपमा र स्वास्थ्य उपचारको केन्द्रका रुपमा विकसित गर्नेछु,’ पौडेलले भने।

काठमाडौंको क्षेत्र नम्बर ५ राजधानीको पनि राजधानी भएको उल्लेख गर्दै पौडेलले देश बनाउने नीतिको नेतृत्व गर्ने नेता यही क्षेत्रबाट आउनुपर्ने बताए। ‘यसले नेपालको नीति निर्माणमा ठूलो योगदान गर्न सक्छ। राष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास, राष्ट्र बैंकलगायतका धेरै महत्वपूर्ण केन्द्रहरु छन् क्षेत्र नम्बर ५ मा,’ पौडेलले भने, ‘त्यसैले ५ बाटै देश बन्ने नीति बन्नुपर्छ। देश बनाउने नीतिको नेतृत्व गर्ने नेता ५ बाटै आउनु पर्छ।’  

पौडेलले संसारको प्रदुषित शहरका रुपमा परिचित काठमाडौंलाई सफा गरेर स्वच्छ, सफा, हराभरा र सुन्दर सहरका रुपमा परिणत गर्नका निम्ति हामी विशेष योजनाहरु ल्याउने वचनसमेत दिए। उनले यो क्षेत्र नेपाली समूदायको सभ्यताको प्रतीक भएकोसमेत बताए।

भने, ‘यहाँको नेवार समुदाय सभ्यताको प्रतीक हो। हिन्दु सभ्यता, नेवार संस्कृतिको सभ्यतालाई हामीले संरक्षण गर्ने,सम्वृद्ध बनाउने गरि अगाडि बढ्ने छौ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell