PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

'नालापानी' लाई कर छुट दिन अर्थ मन्त्रालयलाई पत्राचार



पहिलोपोस्ट

'नालापानी' लाई कर छुट दिन अर्थ मन्त्रालयलाई पत्राचार

काठमाडौं : कार्तिक ४ गते रिलिज हुन लागेको नेपाली चलचित्र ‘नालापानी’लाई कर छुट दिन पहल सुरु भएको छ। चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले आफुले यो चलचित्रलाई कर छुट प्रदान गर्न पहल सुरु गरेको बताए।

‘बुधबार सञ्चार सचिव डा. बैकुण्ठ अर्यालसँगको भेटमा नालापानीलाई कर छुट प्रदान गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको छु। सचिवले तुरुन्तै अर्थ मन्त्रालयमा पत्राचार गर्नुभएको छु।’ भुवन केसीले भने, ‘नेपालको गौरवगाथा बोकेको यो चलचित्र नेपालको ऐतिहासिक विषयमा बनेको हुँदा र चलचित्र विकास बोर्डले विशेष चलचित्र घोषणा गरी राष्ट्रपतिबाट सम्मान प्राप्त गरिसकेकोले पनि कर छुटको लागि योग्य छ भनेर मैले पहल सुरु गरेको हुँ।’

नालापानीका निर्माता तथा निर्देशक रिमेश अधिकारीले ढिलै भए पनि राज्यले सुविधा दिन खोजेकोमा खुशी व्यक्त गरेका छन्।

‘हिजो सञ्चार मन्त्रालयका सचिव, उपसचिव, सहसचिव र चलचित्र विकास बोर्डका अध्यक्ष सहितको बैठकमा यो चलचित्रलाई सुविधा प्रदान गर्ने विषयमा गहन छलफल भयो। सचिवले विज्ञापनको लागि विभिन्न निकायमा पहल गर्ने प्रतिबद्धतता जनाउनुभएको छ। उहाँले स्थानिय सहितका विभिन्न कर छुटका लागि अर्थ मन्त्रालयलाई अनुरोध गर्न पत्राचार गर्नुभएको छ। यस विषयमा बोर्ड अध्यक्ष भुवन केसीले देखाउनुभएको अग्रसरताबाट म खुशी छु,’ उनले भने।

यो फिल्म सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंमा आधारित छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell