PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

नाटक ‘कुभिन्डोको कथा’ निर्देशन गर्दै दयाहाङ राई



पहिलोपोस्ट

नाटक ‘कुभिन्डोको कथा’ निर्देशन गर्दै दयाहाङ राई

काठमाडौं : अभिनेता दयाहाङ राईले लामो समयपछि नाटक निर्देशन गर्ने भएका छन्। मण्डला नाटक समूहले एक विज्ञप्ति मार्फत दयाहाङले ‘कुभिन्डोको कथा’ नाटक निर्देशन गर्न लागेको उल्लेख गरेको छ।

नाटकका लागि अडिसनमार्फत कलाकारहरु छानिने मण्डला थिएटरले जनाएको छ। मंसिर ९ गतेदेखि १७ गतेसम्म आयोजना हुने दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको समापन समारोहमा ‘कुभिन्डोको कथा’ प्रियिमर गरिनेछ। विकास जोशीले नाटकको सहनिर्देशन गर्नेछन्।

पाँच महिने नाटक लेखन परियोजना २०२२ बाट छनोट भएको नाटक ‘कुभिण्डोको कथा’ सुदूरपश्चिम प्रदेशका नाटककार प्रनिश मगरले लेखेका हुन्।

नाटक लेखन प्रतियोगितामा ‘कुभिण्डोको कथा’ सहित प्रदेश नं. १ का सन्दीप श्रेष्ठको ‘चन्द्रलाई कसले मार्‍यो?’, मधेश प्रदेशका सुरज यादवको ‘बहुरिय’ वाग्मती प्रदेशकी समृद्धि नेपालको ‘उनालोम’, गण्डकी प्रदेशका प्रदीप ढुंगानाको लेखनमा ‘नवदुर्गा’, लुम्बिनी प्रदेशकी भूमिका चौधरीको 'माघुरामको माघी र कर्णाली प्रदेशका हिरा बिजुली नेपालीको ‘कमरेड ऐलानी’ लाई छनोट गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell