PahiloPost

Apr 28, 2025 | १५ बैशाख २०८२

प्लाटिनमका बाउन्सरमाथि आक्रमण प्रकरण : भदौमा क्लबमै झगडा, एक महिनापछि बाटो ढुकेर खुकुरी प्रहार



पहिलोपोस्ट

प्लाटिनमका बाउन्सरमाथि आक्रमण प्रकरण : भदौमा क्लबमै झगडा, एक महिनापछि बाटो ढुकेर खुकुरी प्रहार

काठमाडौं : काठमाडौंको दरबारमार्गस्थित क्लब प्लाटिनममा बाउन्सरलाई धारिलो हतियार प्रहार गर्ने ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ।

बाउन्‍सर निकेत राई र तेन्जुङ शेर्पालाई काठमाडौं महानगरपालिका-२६ गल्कोपाखास्थित हनुमान चोक नजिक धारिलो हतियार प्रहार गरी फरार रहेका ८ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा दोलखा शैलुङ गाउँपालिका-२ घर भई काठमाडौं बौद्ध बस्ने २९ वर्षीय बिनोद तामाङ र सोही ठाउँ बस्ने ३३ वर्षीय जीवन तामाङ रहेका छन्।

त्यसैगरी पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे वडा ८ का दोर्जे शेर्पा, सिन्धुपाल्चोक मेलम्ची वडा १० का राजेन्द्र खत्री, रामेछाप गोकुलगंगा वडा २ का विकास श्रेष्ठ, दोलखा मेलुङ ३ का प्रदीप तामाङ, काभ्रे रोशी वडा ८ का दिपेन लामा र काठमाडौं चबहिलका करण डंगोल रहेका छन्।

रिसिबी साँध्न घटना

गत भदौ २२ गते क्लबमा झगडा भएको थियो। उक्त घटनामा ६ जना घाइते भएका थिए। क्लब प्लाटिनममा राति पौन १२ बजेतिर 'ग्याङ फाइट' हुँदा ६ जना घाइते भएका थिए। क्लबममा झगडा गरेको अभियोगमा प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ।

सोही घटनाको रिसिबी साँध्न असोज २५ गते हनुमान थानमा २ जना बाउन्सरमाथि ४ वटा मोटरसाइकलमा आएका ८ जनाले हत्या गर्ने योजनासहित खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रमुख एसएसपी भरतबहादुर बोहराले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell