PahiloPost

Apr 27, 2026 | १४ बैशाख २०८३

महिला क्रिकेट : २७ रनको लक्ष्यलाई १४ बलमै पूरा गर्‍यो एपीएफले, आयोजक गण्डकी पराजित



पहिलोपोस्ट

महिला क्रिकेट : २७ रनको लक्ष्यलाई १४ बलमै पूरा गर्‍यो एपीएफले, आयोजक गण्डकी पराजित

पोखरा : गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेल अन्तर्गत भएको क्रिकेट खेलमा विभागीय टोली एपिएफले आयोजक गण्डकी प्रदेशमाथि ९ विकेटको फराकिलो जित निकालेको छ। यो जितसँगै एपिएफको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो भएको छ।

पोखरा रंगशालामा भएको खेलमा गण्डकीले एपिएफलाई २७ रनको सामान्य लक्ष्य दिएको थियो। एपीएफले १०६ बल बाँकी रहँदै लक्ष्य भेटाउन सफल भएको हो।

जवाफी ब्याटिङ गरेको एपीएफको तर्फबाट सीता राना मगरले ५ बलमा २ चौका प्रहार गर्दै १२ रनको पारी खेल्दा इन्दु बर्माले ३ बलमा २ चौकासहित ९ रन योगादान गर्दै जित दिलाइन्।

खराब लयबाट गुज्रिरहेको गण्डकीले पहिला ब्याटिङ गर्दै १८.२ ओभरमा सम्पूर्ण विकेट गुमाएर २६ रन बनाएको थियो। गण्डकीका कुनै पनि खेलाडीले दोहोरो आँकडाको योगफल तयार पार्न सकेनन्। श्रृष्टी जैसीले बनाएको ५ रन नै गण्डकीको सर्वाधिक बन्न पुग्यो।

एपीएफको बलिङमा प्लेयर अफ द म्याच इन्दु बर्माले ३ ओभरमा ४ रन खर्चिएर २ विकेट लिइन्। त्यस्तै, सुमन विष्ट, नेरी थापा, निशा भट्ट र सीता रानामगरले १–१ विकेट लिए। गण्डकीका श्रृष्टी जैसीले १ विकेट लिइन्।

जितसँगै एपीएफ ग्रुप ए को शीर्ष स्थानमा पुगेको छ। एपीएफले दुई खेलमा दुई जित हाँसिल गर्दै ४ अंक जोडेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell