PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

प्लाटिनम नाइट क्लबमा फाइट, घाइते भएपछि बदला लिन खोजी खोजी दुई बाउन्सर माथि आक्रमण



पहिलोपोस्ट

प्लाटिनम नाइट क्लबमा फाइट, घाइते भएपछि बदला लिन खोजी खोजी दुई बाउन्सर माथि आक्रमण

काठमाडौं : भदौ २२ गते काठमाडौंको दरबारमार्गस्थित क्लब प्लाटिनम नाइट क्लबमा ग्याङ फाइट भयो। राति १२ बजे पार्टी चलिरहेको समयमा दुई पक्षबिच विवाद पछि झडपमा परिणत भएको थियो। फाइटमा सिन्धुपाल्चोक बाह्रबिसे घर भएका दोर्जे शेर्पा घाइते भए। उनको हातमा ठुलो चोट लाग्यो।

आफू घाइते भएपछि उनको 'टार्गेट'मा क्लबका बाउनसर निकेत राई र तेन्जिङ शेर्पा परे। उनले त्यतिखेर नै आफूमाथि भएको घटनाको बदला लिने सुर कसेका थिए। केहीसमय अस्पताल बसेपछि उनी बाहिर निस्किए। त्यसपछि दुईजना बाउन्सरलाई आक्रमण गर्ने योजना बनाएको बिहीबार जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरतबहादुर बोहराले पत्रकार सम्मेलन गर्दै जानकारी दिए।

'करिब एक महिना अगाडीको घटनालाई रिसिबी बनाएर भएको देखिएको छ,' एसएसपी बोहराले भने।

असोज २५ गते बाउन्‍सर निकेत राई र तेन्जिङ शेर्पालाई काठमाडौं महानगरपालिका-२६ गल्कोपाखास्थित हनुमान चोक नजिक धारिलो हतियार प्रहार गरेर घाइते बनाए। अस्पतालबाट निस्किएपछि उनले आफ्ना साथी भाइलाई प्रयोग गरेर घटना भएको खुल्यो। प्रहरीले घटना भएको केही दिनपछि फरार रहेका उनीहरूलाई दोलखा लगायत जिल्लाबाट पक्राउ गर्ने सफल भयो।

प्रहरीले दोलखा सैलुङ गाउँपालिका-२ घर भई काठमाडौं बौद्ध बस्ने २९ वर्षीय विनोद तामाङ र सोही ठाउँ बस्ने ३३ वर्षीय जीवन तामाङ,सिन्धुपाल्चोक बाह्रबिसे वडा ८ का दोर्जे शेर्पा, सिन्धुपाल्चोक मेलम्ची वडा १० का राजेन्द्र खत्री, रामेछाप गोकुलगंगा वडा २ का विकास श्रेष्ठ, दोलखा मेलुङ ३ का प्रदीप तामाङ, काभ्रे रोशी वडा ८ का दिपेन लामा र काठमाडौं चाबहिलका करण डंगोल रहेका छन्। दिपेन लामा यसअघि पनि चोरी डाँका मुद्दामा जेल बसेर निस्किएका व्यक्ति हुन्।

गत भदौ २२ गते क्लबमा झगडा भएको थियो। उक्त घटनामा ६ जना घाइते भएका थिए। क्लब प्लाटिनममा राति पौन १२ बजेतिर 'ग्याङ फाइट' हुँदा ६ जना घाइते भएका थिए। क्लबमा झगडा गरेको अभियोगमा प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ।

उनीहरूले असोज २५ गते बिहान ५ बजेर २० मिनेटमा पिछा गरेर आक्रमण गरेको खुलेको छ। आक्रमणकारी र बाउन्सरहरुको पहिलेदेखि नै चिनजान थियो। क्लबमा झगडा भएपछि बाउन्सर आक्रमण हुने डरले पहिले बस्दै आएको डेरा समेत छोडेर अन्तै बस्दै आएका थिए। तर उनीहरूले खोजेर पत्ता लगाएपछि योजनाबद्ध रुपमा आक्रमण गरेको खुल्न आएको छ।

आक्रमण गर्न उनीहरूले भाडामा मोटरसाइकल ल्याएका थिए। मोटरसाइकल भने किरण डङ्गोलले व्यवस्थापन गरेको एसएसपी बोहराले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell