PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

प्रत्यक्षतर्फ ४ सय ९५ किसिमका मतपत्र हुने, बिहीवारदेखि छपाइ



पहिलोपोस्ट

प्रत्यक्षतर्फ ४ सय ९५ किसिमका मतपत्र हुने, बिहीवारदेखि छपाइ

काठमाडौं : प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि बिहीवारदेखि मतपत्र छपाइ सुरु भएको छ। निर्वाचन आयोगका अनुसार प्रत्ययक निर्वाचन क्षेत्रका लागि फरक फरक मतपत्र छाप्न लागिएको हो। ४ सय ९५ किसिमका मतपत्र रहेको आयोगले जनाएको छ। प्रत्यक्षतर्फ उम्मेदवारको मात्र चुनाव चिन्ह रहने व्यवस्था छ। 

मंसिर ४ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले चुनाव तयारीका विभिन्न कामहरु गरिरहेको छ। आयोगले प्रत्यक्ष तथा समानुपातिक तर्फको उम्मेदवारको नामावली प्रकाशन गरिरहेको छ। बुधवार स्वतन्त्र उम्मेदवारलाई आयोगले चुनाव चिन्ह प्रदान गरेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell