PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

सत्ता गठबन्धनको चुनावी चटारोः सातै प्रदेशमा कार्यकर्ता भेला, रामचन्द्र पौडेललाई केन्द्रको चुनावी कमान्ड



पहिलोपोस्ट

सत्ता गठबन्धनको चुनावी चटारोः सातै प्रदेशमा कार्यकर्ता भेला, रामचन्द्र पौडेललाई केन्द्रको चुनावी कमान्ड

काठमाडौंः सत्तारुढ गठबन्धनले चुनाव प्रचार अभियान सुरु गर्ने भएको छ। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाले संयुक्त कार्यकर्ता भेलाको निर्णय गरेका छन्। यस्तै, कार्यकर्ता भेलाका लागि अपिल लेखनका लागि चार सदस्यीय समिति पनि गठबन्धनले गठन गरेको छ।

निर्णय अनुसार कार्तिक ४ गते गण्डकी प्रदेशको पोखरामा भेला आयोजना हुनेछ। जसको व्यवस्थापन एकीकृत समाजवादीले गर्नेछ। यस्तै, कार्तिक ४ गते नै लुम्बिनी प्रदेशको बुटवलमा पनि भेला हुनेछ। व्यवस्थापन नेपाली कांग्रेसले गर्नेछ।

कार्तिक ५ गते विराटनगर हुने भेलाको व्यवस्थापन कांग्रेसले गर्नेछ। कार्तिक ५ गते नै जनकपुरमा पनि भेला हुनेछ। कांग्रेसले व्यवस्थापन गर्ने भेलामा लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि आमन्त्रण गर्ने निर्णय गठबन्धनले गरेको छ।

कार्तिक ६ गते धनगढी हुने भेला व्यवस्थापन माओवादी केन्द्रले गर्नेछ। कार्तिक ६ गते नै सुर्खेतमा पनि भेला हुनेछ। व्यवस्थापन कांग्रेसले गर्नेछ। कार्तिक ७ गते काठमाडौंमा कार्यकर्ता भेला हुनेछ। व्यवस्थापन माओवादी केन्द्रले गर्नेछ।

भेलामा पार्टीका केन्द्रीय समिति सदस्य, पार्टी प्रदेश पदाधिकारी तथा जिल्लाबाट प्रमुख सहित ३/३ जना सहभागी हुने जनाइएको छ। अध्यक्षताले प्रदेशमा व्यवस्थापन गर्ने दलबाटै हुनेछ। प्रमुख नेताहरु वक्ता हुनेछन्।

गठबन्धनले भेलाका लागि अपिल लेखनका लागि चार सदस्यीय कमिटी गठन गरेको छ। जसमा प्रकाशशरण महत, हितमान शाक्य, प्रमेश हमाल र हिमलाल पुरी रहेका छन्। गठबन्धनको बैठकले निर्वाचन परिचालन समन्वय समिति गठन गर्ने पनि निर्णय गरेको छ। समितिको नेतृत्व केन्द्रमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले गर्नेछन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell