PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

बागलुङको बरेङ गाउँपालिकाका सबै वडा सचिवविहीन



रासस

बागलुङको बरेङ गाउँपालिकाका सबै वडा सचिवविहीन
फोटो : बरेङ गाउँपालिका/फेसबुक

गलकोट : बागलुङको बरेङ गाउँपालिकाका सबै वडा कार्यालय वडा सचिवविहीन बनेका छन्। पाँच वडा रहेको बरेङ वडा सचिवविहीन पालिका बनेको छ।

भौगोलिक हिसाबले दुर्गम पालिकामा गनिने बरेङका दरबन्दीअनुसारका वडा सचिव सरुवा भएपछि एक महिनादेखि सचिवविहीन बनेको हो। पाँचवटै वडाका वडा सचिव सरुवा भएर गइसकेका कारण पाँचवटै वडामा अन्य शाखाका कर्मचारी खटाएर काम गर्दै आएको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए।

अहिले बरेङका पाँचवटै वडामा स्वास्थ्य, कृषि र पशु शाखाका कर्मचारीलाई वडा सचिवको काममा खटाइएको शर्माले जानकारी दिए। प्रशासन तर्फका वडा सचिव नहुँदा प्राविधिक कर्मचारी खटाउँदा समस्या भएको छ।

‘सवै वडा सचिव सरुवा भएर जानुभयो, अहिले वडा सचिवविहीन गाउँपालिका बनेको छ तर हामीले जनताको सेवालाई निरन्तरता दिन वडामै रहेका स्वास्थ्य, कृषि र पशु शाखाका प्राविधिक कर्मचारीलाई वडा सचिवको जिम्मेवारी दिएका छौँ,’ उनले भने।

बरेङ गाउँपालिका-१ को कार्यालयमा स्वास्थ्यकर्मी, वडा नम्बर २ को कार्यालयमा कृषि प्राविधिक, ३, ४ र ५ नम्बर वडा कार्यालयमा पशु प्राविधिक सेवाका कर्मचारीलाई वडा सचिवको जिम्मेवारी दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीतबहादुर रानाले जानकारी दिए। उनले तिहारपछि दरबन्दीअनुसारका सचिव पदपूर्ति गर्ने बताए। रानाका अनुसार तिहारपछि प्रशासनतर्फ पाँचौँ तहका चार कर्मचारी आउने भएकाले समस्या हुँदैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell