PahiloPost

Apr 27, 2026 | १४ बैशाख २०८३

फिल्म ‘चि मुसी चि’ बन्ने घोषणा



पहिलोपोस्ट

फिल्म ‘चि मुसी चि’ बन्ने घोषणा

काठमाडौं : हरर थ्रिलर जनरामा फिल्म ‘चि मुसी चि-इभन डेड डिजायर बिलङ्गिङ’ निर्माण हुने भएको छ। शुक्रबार फिल्मको पोस्टर सार्वजनिक गर्दै फिल्मको टाइटल घोषणा गरिएको हो।

एएमवाई स्टुडियो प्रोडक्सनको ब्यानरमा बन्ने फिल्ममा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव बिष्ट लगायतका कलाकारको अभिनय रहनेछ।

फिल्म पुस महिनामा रिलिज गर्ने लक्ष्य राखिएको प्रस्ततुकर्ता अरुण चक्रवर्तीले बताए। यो फिल्मले नेपालमा हरर थ्रिलर सिनेमामा एउटा नयाँ 'ट्रेण्ड' स्थापित गर्ने विश्वास निर्माता चक्रवर्तीको छ।

सिनेमाका निर्देशन मार्ना जेम्स र यश सैनीले संयुक्त रुपमा गरेका हुन्। फिल्म नेपाली, बलिउड र हलिउडमा प्राविधिकको समिश्रणमा निर्माण भएकाले पनि केही फरक र नयाँपन दर्शकले महसुस गर्न पाउने विश्वास निर्माण टिमको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell