PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

'गोल्डफिस' को स्मरण शक्ति राम्रो हुने पुष्टि : अध्ययन



पहिलोपोस्ट

'गोल्डफिस' को स्मरण शक्ति राम्रो हुने पुष्टि : अध्ययन
Photo : Small Pets

वैज्ञानिकहरुले 'ग्लोडफिस'को स्मरण शक्ति निकै राम्रो रहने फेला पारेका छन्। अक्सफोर्ड विश्वविद्यालयको एक टिमले गरेको अध्ययनमा 'गोल्डफिस'हरु आफू वरिपरिका क्षेत्रमा 'न्याभिगेट' गर्न सक्षम रहने देखिएको हो।

वैज्ञानिकहरुले नौवटा 'गोल्डफिस'लाई ७० सेन्टिमिटर यात्रा गर्न प्रशिक्षण दिएका थिए। अन्त्यमा खाना 'रिवार्ड'का रुपमा दिएर 'गोल्डफिस'हरुलाई ७० सेन्टिमिटर वारपार गर्न उनीहरुले प्रशिक्षण दिएका थिए। सो अध्ययनमा संलग्न व्यक्तिहरुका अनुसार 'गोल्डफिस' ले यात्राको दुरी यकिन गर्न सकेको भेटिएको छ।

यसअघि 'गोल्डफिस'को स्मरण शक्ति थोरै हुने वा उनीहरुको स्मरण शक्ति नै नहुने विश्वास गरिन्थ्यो। नयाँ अध्ययनले सो बुझाइ गलत रहेको प्रमाणित गरेको छ।

अध्ययनका क्रममा वैज्ञानिकहरुले 'गोल्डफिस' ले सुरुवाती विन्दु परिवर्तन गर्दा पनि त्यही दुरी पार गर्न सक्छ कि सक्दैन भनेर पनि अध्ययन गरेका थिए। त्यसक्रममा नौवटा मध्ये ८ वटा 'गोल्डफिस'हरुले पछाडि फर्केर यात्रा गर्न, 'रिवार्ड फुड' लिन सम्झना रहेको देखिएको थियो।

वातावरणणिय अवस्था (अप्टिक फ्लो) हेरेर गोल्डफिसहरुले आफ्नो वरिपरिका कुरा स्मरण गर्ने अध्ययनका क्रममा पुष्टि भएको वैज्ञानिकहरुले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell