PahiloPost

May 23, 2025 | १० जेठ २०८२

वीरगंजको ड्राईपोर्ट चोकमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु



पहिलोपोस्ट

वीरगंजको ड्राईपोर्ट चोकमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

वीरगंज : वीरगंजको ड्राइपोर्ट चोकमा ट्रकको ठक्करबाट एकजना प‌ैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्सा,पोखरीया-१ बनकटवाका ५० वर्षका बिगा महरा चमार रहेका छन्।

उनलाई लक्ष्मी आयल मोडबाट हिँडिरहेको अवस्थामा परवानीपुरतर्फ गइरहेको ना ३ ख ५७४३ नम्बरको ट्रकले ठक्कर दिएको थियो।

ट्रकको बायाँपट्टिको चक्काले उनलाई किचेको थियो। उनको घटनास्थलमै मृत्यु भएको पर्सा प्रहरीका प्रवक्ता डिएसपी दीपक गिरीले जानकारी गराए।

शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ। ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell