PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

प्रधानमन्त्री कपको लागि मधेश प्रदेशमा खेलाडी छनौट सुरु



पहिलोपोस्ट

प्रधानमन्त्री कपको लागि मधेश प्रदेशमा खेलाडी छनौट सुरु

वीरगंज : पाँचौ संस्करणको प्रधानमन्त्री कपको लागि हरेक प्रदेशको जिल्ला तहमा सिनियर खेलाडी चयनको प्रक्रिया सुरु गरेको छ। कार्तिक १२ देखि २५ गतेसम्म काठमाडौंमा हुने प्रधानमन्त्री कपको लागि अहिले मधेश प्रदेशका आठ जिल्लामा पनि खेलाडी छनौटको काम भइरहेको छ।

मधेश प्रदेशका खेलाडी छनौट समितिका संयोजक मुर्तुजा हवारीका अनुसार असोज २७ देखि २८ सम्ममा जिल्लाबाट १४ जना स्क्वाडमा र वैकल्पिक ४ जना गरि कूल १८ जना खेलाडी छनौट गरिने र त्यसपछि असोज ३० पछि मधेश प्रदेशको टिम छनौटको लागि खेलहरु खेलाइने छ।

उनले पर्सामा यसपटक ३२ जना उत्कृष्ट खेलाडीहरु छनौट कैम्पमा सहभागी भएको र थप उत्कृष्ट १८ जना छनौट गरिने बताए। पर्साबाट हासिम अन्सारी, सुरज पटेल, सैफुल्ला अन्सारी, सन्तोष कार्की, नसरुद्दीन अन्सारी, सोनु शर्मा, समसाद मन्सुरी, रन्जीत कुमार टिममा पर्ने सम्भावना देखिएको छ।

स्थानीय, प्रदेश र केन्द्र सरकारको उदासिनताको कारण पछिल्लो समय मधेश प्रदेशमा राष्ट्रिय-अन्तर्राष्ट्रिय स्तरको खेलाडी उत्पादनमा समस्या भइरहेको खेलाडीहरुले बताएका छन्। तीनै तहका सरकारले खेलाडीहरुको सेवा सुविधा र स्वास्थ्यको लागि खासै गम्भीर नभएकोले क्रिकेट प्रति खेलाडीको आकर्षण घटदै गएको खेलाडीहरुको आरोप छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell