PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

स्वदेशमै रोजगारी सिर्जना गर्न मेरो उम्मेदवारी : विनोद चौधरी



पहिलोपोस्ट

स्वदेशमै रोजगारी सिर्जना गर्न मेरो उम्मेदवारी : विनोद चौधरी

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं उद्योगपति विनोद चौधरीले रोजगारका लागि विदेशिने युवाहरुको जमातलाई स्वदेशमै रोजगारी सिर्जना गर्न आफूले उम्मेदवारी दिएको बताएका छन्।

'युवाले खोजेको रोजगारी र नेपाल बनाउनको लागि प्रत्यक्ष निर्वाचनमा उठेको हुँ,' उनले भने।

शुक्रवार एशोसिएशन अफ चार्टर्ड एकाउण्टेन्टस (एक्यान) ले गरेको दिगो आर्थिक विकास सम्मेलनमा उनले आगामी मंसिर ४ गते हुने निर्वाचनमा आफूलाई भोट हालेर युवाहरुको समस्या समाधानमा सहयोग गर्न आग्रह गरे।

उनले अब योजना र भिजन भएका युवाहरु राजनीतिमा आउनुपर्ने बताउँदै मुलुकको दिगो विकास अगाडि बढाउनको लागि पैसा र शक्तिकेन्द्र प्रयोग गर्न कमी नहुँदासमेत युवाहरुको समस्या परिपूर्तिका लागि आफू राजनीतिमा लागेको बताए।

चौधरीले आफूले चार्टड अकाउण्टेन्ट हुने धोका पूरा गर्न नसकेको भन्दै अहिले चार्टर्ड एकाउण्टेन्टको जमात हेर्दा आफू चुकेको जस्तो लाग्ने बताए।

विनोद चौधरी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १ बाट नेपाली कांग्रेसबाट उम्मेदवार छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell