काठमाडौंः प्रहरी महानिरीक्षक (आइजी) धिरज प्रताप सिंहले गुन्डागर्दी र ग्याङ फाइटका घटनामा कठोर भएर कानुन बमोजिम कारबाही गर्ने निर्देशन दिएका छन्। शुक्रवार बिहान महानिरीक्षक सिंहले काठमाडौं उपत्यका प्रहरी कार्यालयको सभा हलमा काठमाडौं उपत्यका प्रहरी कार्यालय र सो मातहतका प्रहरी प्रमुखलाई यस्तो निर्देशन दिएका हुन्।
सिंहले गुन्डा गर्दी,ग्याङ फाइटहरू तथा विभिन्न आपराधिक गतिविधिहरू प्रति कठोर भई कानुनी दायरामा ल्याउनु भन्दै सङ्गठन र विभागीय नीति बमोजिम कानुन सम्वत ढङ्गबाट सम्पादित प्रहरी कारबाहीको जिम्मेवारी आफूले लिने भन्दै निर्धक्क भएर उच्च मनोबलका साथ कार्य गर्न समेत निर्देशन दिएका हुन्।
सिंहले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा विभिन्न असन्तुष्ट पक्षले सुरक्षा चुनौती बढाउन सक्ने भएकाले आ-आफ्नो इलाकाको सुरक्षा चुनौतीलाई विश्लेषण गर्दै आवश्यक कार्य योजना बनाई प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था मजबुत बनाउन निर्देशन दिएका हुन्।