
काठमाडौं : स्रोत नखुलेको रकम सहित प्रहरीले विमानस्थलबाट एक जनालाई नियन्त्रणमा लिएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको नगद १० लाख ७० हजार रूपैयाँ सहित भारतीय नागरिक ५० वर्षीय मोहद तसलिमलाई प्रहरीले पक्राउ गरेको हो।
बुद्ध एयरको उडानबाट काठमाडौंदेखि धनगढीतर्फ जान लागेका उनको झोला विमानस्थलको आन्तरिक उडानतर्फको ह्यान्ड ब्यागेज चेकिङ एरियाको एक्स-रे मेसिनमा जाँच गर्ने क्रममा स्रोत नखुलेको तथा भन्सार उद्घोष नगरेको नेपाली रूपैयाँ १ हजार दरको ८ सय १६ थान र ५ सय दरको ५ सय ८ थान गरी उक्त नगद फेला परेको प्रहरीले जानकारी दिएको छ।
उनलाई आवश्यक अनुसन्धान लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुरमा पठाइएको छ।