PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

मह जोडीको सम्मानमा एक हप्तापछि सर्‍यो ‘लाखे’



पहिलोपोस्ट

मह जोडीको सम्मानमा एक हप्तापछि सर्‍यो ‘लाखे’

काठमाडौं : सस्पेन्स थ्रीलर जनराको फिल्म ‘लाखे’ को प्रदर्शन मिति एक साता पछि सरेको छ। कात्तिक ११ गते प्रदर्शन हुने तयारीमा रहेको यो फिल्म अब कात्तिक १८ प्रदर्शन हुनेछ।

कात्तिक ११ मा ‘महजोडी’ मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनीत फिल्म ‘महापुरुष’ प्रदर्शन हुने भएकाले दिग्गजहरुको सम्मानमा आफुहरु एक सातापछि हटेको ‘लाखे’ निर्देशक सम्राट बस्नेतले जानकारी दिए।

‘दिग्गज दाइहरुको सम्मान तथा सन्तुलित व्यवसायको पद्धति बसाल्न हामी एक सातापछि गएका हौं। यसले दुवै फिल्मलाई फाइदा गर्ने विश्वास हाम्रो छ। ठूलो बजेटका फिल्म एक आपसमा जुध्दा अन्ततः दुवैलाई घाटा हुन्छ। त्यसमाथि केही समयको ग्यापपछि हाम्रो आदरणीय दाइहरुको फिल्म आउँदैछ। त्यसैले हामी एक साता पर जान कत्ति पनि हच्किएनौं,’ बस्नेतले भने

पछिल्लो समय नेपाली फिल्मको व्यापार राम्रो हुँदै गइरहेकाले एउटै मितिमा प्रतिक्षित दुईटा फिल्म प्रदर्शन गर्दा दर्शक बाँडिने तथा दुवै फिल्मलाई असर पर्ने हुँदा आफूहरु एकसाता पछि गएको निर्माता डिपी भण्डारीले बताए।

फिल्ममा सौगात मल्ल, अनुप बिक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी, वर्षा राउत, रोहित रुम्वा, संजोग राणा,सुशील सिटौला,प्रशान्त ताम्राकार लगायतको अभिनय छ। सिजन अर्यालको कथा र निर्माण रहेको फिल्मको निर्मातामा डिपी भण्डारीका साथै गणेश मल्ल ठकुरी (जिएम) छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell