PahiloPost

Jan 24, 2026 | ११ माघ २०८२

प्रभु साहलाई एमालेले गर्‍यो पार्टीबाट निष्काशन, रौतहट जिल्ला कमिटी विघटन



पहिलोपोस्ट

प्रभु साहलाई एमालेले गर्‍यो पार्टीबाट निष्काशन, रौतहट जिल्ला कमिटी विघटन

काठमाडौं : नेकपा एमालेले पार्टी त्यागेका स्थायी कमिटी सदस्य प्रभु साहलाई साधरण सदस्यबाट हटाएको छ। प्रतिनिधि सभाको निर्वाचनको उम्मेदवारकी लागि एमालेको तर्फबाट उम्मेदवारी दर्ता नगरी साहले स्वतन्त्रबाट मनोनयन गरेका छन्। रौतहट ३ बाट उम्मेदवार बनेका साहलाई सत्ता गठबन्धनले समर्थन गरेको छ। उनी माओवादी केन्द्रमा प्रवेश गर्ने तयारीमा छन्। 

मधेस प्रदेशको सह-इञ्जार्जबाट पनि हटाइएको पार्टी महासचिव ईश्वर पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। रौतहटका इञ्जार्ज उपेन्द्र साहलाई पानि साधरण सदस्य नरहने गरि हटाइएको छ। रौतहटको इञ्जार्चको जिम्मा उद्दव रेग्मीलाई दिइएको छ। एमालेले अन्तिममा पार्टीका तर्फबाट उम्मेदवारी दर्ता नगराइ स्वतन्त्र बनेको भन्दै साहले षड्यन्त्र गरेको आरोप लगाएको छ। यस्तै एमालेले रौतहटको जिल्ला कमिटीलाई पनि एमालेले विघटन गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell