काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मेटाको इन्स्टाग्राममा पनि अकाउन्ट खोलेका छन्। आज आफ्नो आधिकारिक फेसबुक पेजमार्फत ओलीले आफ्नो इन्स्टाग्राम प्रोफाइल सेयर गरेका हुन्।
ओलीले इनस्टाग्राममा नवौं राष्ट्रिय खेलकुदको शुभकामना दिँदै पहिलो तस्विरसमेत सेयर गरेका छन्। प्रधानमन्त्री हुँदा ओलीले टिकटक अकाउन्ट पनि संचालनमा ल्याएका थिए।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा पछिल्लो समय नेताहरु सामाजिक संजाल केन्द्रित हुन थालेका छन्।