PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

एमाले सुदूरपश्चिमले गर्‍यो बागी उम्मेदवारलाई कारबाही



पहिलोपोस्ट

एमाले सुदूरपश्चिमले गर्‍यो बागी उम्मेदवारलाई कारबाही

कैलाली : नेकपा एमालेले सुदूरपश्चिममा बागी बनेका उम्मेदवारहरुलाई कारबाही गरेको छ। पार्टीले आधिकारिक टिकट दिएका उम्मेदवारविरुद्ध उम्मेदवारी दर्ता गराएकालाई एमालेले निष्कासन गरेको हो।

सुदूरपश्चिम प्रदेश कमिटी सदस्यद्वय टेकबहादुर हमाल र खेम सुवेदी सहित पाँच जना नेतालाई साधारण सदस्य समेत नरहने गरि पार्टीबाट निष्कासन गरिएको प्रदेश कमिटीले विज्ञप्ति मार्फत जानकारी दिएको छ।

एमालेका सुदूरपश्चिम कमिटी सचिव धर्मराज पाठकले जारी गरेको विज्ञप्तिअनुसार प्रदेश कमिटी सदस्य हमाल र सुवेदीसहित केन्द्रीय सल्लाहकार परिषद्का सदस्य भक्तबहादुर अधिकारी, राष्ट्रिय मुक्ति समाजका केन्द्रीय सदस्य विजयसिंह मयाल र टेकबहादुर साउँदलाई केन्द्रको निर्देशनअनुसार निष्कासन गरिएको हो।

प्रदेश समिति सदस्य सुवेदीले कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १, अधिकारीले क्षेत्र नम्बर १ को प्रदेश सभा (क) , हमालले कञ्चनपुर २ को प्रदेश सभा (क) साउँदले कञ्चनपुर क्षेत्र नम्बर १ को प्रदेश सभा (ख) र मयालले प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा बागी उम्मेदवारी दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell