PahiloPost

May 23, 2025 | १० जेठ २०८२

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पारित गर्‍यो घोषणापत्रको मस्यौदा



पहिलोपोस्ट

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पारित गर्‍यो घोषणापत्रको मस्यौदा

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि घोषणापत्रको मस्यौदा पारित गरेको छ।

आज बसेको बैठकमा घोषणापत्र तयारी समितिका संयोजक रहेका महामन्त्री विश्वप्रकाश शर्माले मस्यौदा पेस गरेका थिए। बैठकमा प्रारम्भिक मस्यौदा उपसमितिका तर्फबाट डा स्वर्णिम वाग्लेले मस्यौदाको थप व्याख्या गरेका थिए।

आजको बैठकमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा लगायत अन्य सदस्यहरुले मस्यौदाबारे आआफ्नो धारणा राखेका थिए।

बैठकले प्रारम्भिक मस्यौदामा उपस्थित पदाधिकारीहरुको प्राप्त सुझाव समावेश गर्ने गरि पारित गरेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

 बैठकले उपत्यका बाहिर रहेका केन्द्रीय समितिका पदाधिकारी एवम् सदस्यहरुलाई असोज २९ गते साँझ ७ बजेभित्रसम्म सुझावहरु पठाउन समेत भनेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell