PahiloPost

Apr 28, 2025 | १५ बैशाख २०८२

पाँच लाख रुपैयाँभन्दा बढी मूल्य पर्ने चाँदीसहित दुईजना भारतीय नागरिक पक्राउ



पहिलोपोस्ट

पाँच लाख रुपैयाँभन्दा बढी मूल्य पर्ने चाँदीसहित दुईजना भारतीय नागरिक पक्राउ

बुटवल : रुपन्देही प्रहरीले अवैध चाँदी बरामद गरेको छ। सिद्धार्थनगर नगरपालिका २ मेउडिहवाबाट अवैध चाँदीसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरिएकोे रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले जानकारी दिए। 

पक्राउ पर्नेमा भारतको महाराजगञ्ज थाना कोलही बस्ने २५ वर्षीय शैलेन्द्र बर्मा र सोही ठाउँका २६ वर्षीय सतेन्द्र बर्मा रहेका छन्।

विशेष सुराकीको आधारमा मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा ४ किलो ५२२ ग्राम चाँदी बरामद गरिएको अर्यालले बताए। बरामद गरिएको चाँदीको बजार मुल्य ५ लाख ५१ हजार ४११ रुपैयाँ पर्ने प्रहरीले जनाएको छ।

बरामद गरिएको चाँदी, मोटरसाइकल र दुई भारतीय नागरिकलाई भन्सार कार्यालय पठाईएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell