PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

मध्यविन्दु नगरपालिकाले स्थापना गर्‍यो स्तनपान कक्ष



रासस

मध्यविन्दु नगरपालिकाले स्थापना गर्‍यो स्तनपान कक्ष
File Photo: pampers.com

नवलपुर : नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकामा स्तनपान कक्ष निर्माण गरिएको छ। नगरपालिकाले प्रशासनिक भवनको नागरिक सेवा केन्द्रसँगै निर्माण गरेको स्तनपान कक्ष शुक्रवारदेखि सञ्चालनमा ल्याएको छ।

नगरपालिका भित्रका शिशु तथा आमाको स्वास्थ्य सुधारमा टेवा पुर्‍याउने उद्देश्यका साथ स्तनपान कक्षको स्थापना गरिएको नगरप्रमुख भीमलाल अधिकारीले बताए।

‘यसअघि नगरपालिकामा सेवा लिन आउने आमाहरुले आफ्नो शिशुलाई सुरक्षित रुपमा स्तनपान गराउने र शिशुलाई आराम गराउने स्थानको अभावमा समस्या भोग्नु परेको थियो’, नगरप्रमुख अधिकारीले भने, ‘स्तनपान कक्षको निर्माणपछि अब भने शिशु र आमा दुवैलाई सहजता आउँछ।’

नगरपालिकामा सेवा लिन आउने आमाहरुले सार्वजनिक रुपमा आफ्ना बालबालिकालाई स्तनपान गराउन अप्ठ्यारो भएको महसुस गरिएपछि नगरपालिकाले स्तनपान कक्ष निर्माण गरेको अधिकारीको भनाइ छ।

शुक्रवारदेखि सञ्चालनमा आएको स्तनपान कक्षले शिशुसहित सेवा लिन आमालाई सहज गराउने अधिकारीको भनाइ छ। नगरपालिकामा निर्माण गरिएको स्तनपान कक्षमा बिछ्यौनासहितको शय्या, शिशुलाई सुताउने झोलुङ्गो, आमाको हात सफा गर्नका लागि साबुनपानीलगायतको व्यवस्थापन गरिएको नगरपालिकाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell